logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण गर्न अर्थमन्त्री डा. वाग्लेको आग्रह


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् । मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्ने क्रममा उनले भने, “यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको” बताएका हुन ।



राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित सङ्ग्रह गर्नु अनिवार्य भएको उनको भनाइ छ। “ यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद,” अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीहरूलाई भने, “अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।”

अवलोकनका क्रममा उनले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका सङ्ग्रहहरूबारे संक्षिप्त जानकारी लिएका थिए ।
सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए (नभएको सन्दर्भमा पनि कर्मचारीहरूसँग चासो राखेका थिए ।

अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेजहरू संरक्षण गर्नु चुनौतीपूर्ण बनेको भनाई राखिकी छन् ।

अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखहरूको सुरक्षा गर्न कठिन बनेको अभिलेखालयको भनाई छ। अभिलेखालयले स्रोतको अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको पनि अर्थमन्त्रीको भेटमा प्रधाङगनाले बताइन्।

महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधिको प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend