logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्री शाहलाई कोप–३१ का लागि टर्कीबाट निमन्त्रणा


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ।



राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाएको जानकारी दिए। निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको र सहभागिताको तहबारे निर्णय हुन बाँकी रहेको उनले बताए।

कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदैछ। नेपालले सम्मेलनमा जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend