logo बिहिबार, साउन २८ २०८३ | Thursday 13th August 2026

थाइल्यान्डबाट १८ किलो गाँजा ल्याउने दुई भारतीय नागरिक पक्राउ


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौं । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।



क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए ।पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend