जन आकाश
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । प्रदेशसभाको बैठक आज साँझ ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री शाहले सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि आज पूरा हुँदैछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend