logo बिहिबार, साउन २८ २०८३ | Thursday 13th August 2026

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया अघि बढाउँदै निर्वाचन आयोग


  • जन आकाश
  • बिहिबार, साउन २८ २०८३

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन प्रक्रिया अघि बढाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न दुई समिति गठन गरिएको हो।



आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ भने निर्वाचन आयुक्त डा। राजीव सुब्बाको संयोजकत्वमा गठित समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो ९नेपाल प्रहरी० लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend