logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०८३

काठामडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । पत्रकार श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको पुष्टि प्रहरीले गरेको छ ।



समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend