जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानसेनापति सिग्देल केही बेरअघि प्रधानमन्त्री कार्यालय पुगेर शाहसँग भेट गरेका हुन्।
प्रधानमन्त्री कार्यालय र नेपाली सेनाले भेटवार्ता नियमित भएको बताए पनि छलफलको विषय भने सार्वजनिक गरिएको छैन।
यसअघि साउन १९ गते पनि शाह र सिग्देलबीच भेट भएको थियो। त्यतिबेला गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा सैनिक अधिकारीको अवरोधका बाबजुद डोजर चलाइएको विषयमा छलफल भएको बताइएको थियो। उक्त घटनाप्रति प्रधानसेनापति सिग्देलले असन्तुष्टि जनाएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend