logo शुक्रबार, साउन २९ २०८३ | Friday 14th August 2026

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’मा रूपान्तरण हुँदै


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०८३

काठमाडौं । सरकारले सूचना प्रविधि विभागलाई ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’का रूपमा रूपान्तरण गर्ने भएको छ। आगामी भदौ १ गतेदेखि नयाँ संरचनाअनुसार कार्यालयले पूर्ण रूपमा काम सुरु गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।



शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्यालले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) र पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेको बताए।

सरकारले विभिन्न मन्त्रालयमा छरिएर रहेका नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका दस्ताबेजलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत गरी अभिलेख राख्ने प्रक्रिया पनि अघि बढाएको छ।

यस्तै, सरकारद्वारा गठित कार्यदलहरूको प्रगति प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्ने, ‘हेलो सरकार’मा प्राप्त गुनासोको फछ्र्यौटलाई प्रभावकारी बनाउने तथा एलपी ग्यास आपूर्ति सहज बनाउन आवश्यक समन्वय भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend