जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। भट्टलाई नेकपा (एमाले)को समर्थन रहेको छ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। नेकपाका २० र एमालेका ११ सांसद गरी भट्टको पक्षमा ३१ सांसदको समर्थन रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend