logo शनिबार, साउन ३० २०८३ | Saturday 15th August 2026

काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण, बिहानैदेखि उपभोक्ताको लामो लाइन


  • जन आकाश
  • शनिबार, साउन ३० २०८३

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ। ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर बोकेर तोकिएका बिक्री केन्द्रमा लामो लाइनमा बसेका छन्।



नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत उपभोक्तालाई ग्यास बिक्री गर्न लागेको हो। ग्यास खरिद गर्न आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।

निगमले ग्यास अत्यावश्यक भएका उपभोक्तालाई मात्र तोकिएको स्थान र समयमा उपस्थित भएर ग्यास खरिद गर्न अनुरोध गरेको छ।

उपत्यकामा टेकुस्थित नेपाल आयल निगम परिसर, चावहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुरस्थित राधास्वामी परिसर, बसुन्धरास्थित राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ।

निगमका अनुसार विभिन्न बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका एलपी ग्यास उपलब्ध गराइनेछ। ग्यास अभावका कारण उपभोक्ताले समस्या भोगिरहेका बेला निगमले आपूर्ति सहज बनाउन विभिन्न स्थानबाट बिक्री वितरण सुरु गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend