logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ


  • जन आकाश
  • सोमबार, भाद्र १ २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई रूलिङ गरेका छन्। आजको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जबाफ दिन रूलिङ गरेका हुन्।



‘प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जबाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुखले भने।

सभामुखले यस्तो रूलिङ गर्दा विपक्षी दलका सांसदहरूले समर्थन जनाएका थिए। उनले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रूलिङ गरिसकेकोले सभा सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरेका थिए। प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend