जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा बसेको छ।
प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा भोटेकोशी बाढी, सर्वदलीय बैठकका निर्णय तथा तिनको कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन लगायतका समसामयिक विषयमा छलफल भइरहेको छ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राई सहभागी छन्।
त्यस्तै, नेकपा (एमाले)बाट संसदीय दलकी उपनेता पद्माकुमारी अर्याल र निता घताने तथा नेकपाबाट प्रमेश हमाल र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्।श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई पनि बैठकमा सहभागी भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend