logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कामना सेवा विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।



बैंकको शाखा कार्यालय कुलेश्वरमार्फत आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

विद्यार्थीहरूको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले बैंकले स्टेशनरी तथा अन्य शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस तथा हाउस ड्रेस, जुत्तालगायत आवश्यक सामग्री वितरण गरेको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीहरूलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा लगायत विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend