logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मंसिर २१ देखि २३ सम्म कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : प्रकाशमान सिंह


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म हुने बताएका छन्। उनले जुनसुकै परिस्थितिमा पनि महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न आफूहरू अडिग रहेको बताए।



गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सिंहले १४ औँ महाधिवेशनबाटै १५ औँ महाधिवेशनको तयारी अघि बढिसकेको बताए। विशेष महाधिवेशन कांग्रेसको चाहना नभएको भन्दै उनले व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्न नहुने धारणा राखे।

राजनीतिक मुद्दा र एजेन्डा पार्टीले तय गर्ने तथा न्यायिक विषय अदालतले हेर्ने भन्दै उनले पार्टीको विधान र संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै सिंहले विधिको शासन, जनताको अधिकार र राष्ट्रहितको रक्षा गर्नु कांग्रेसको दायित्व भएको बताए।

उनले बीपी कोइराला र गणेशमान सिंहले लोकतान्त्रिक मूल्य–मान्यतालाई प्राथमिकतामा राखेको स्मरण गर्दै कांग्रेसले अहिले पनि आफ्नो विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend