logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जाका लागि सम्झौता


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा रेसिडेन्सिजबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।



सम्झौताअनुसार महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने योग्य ग्राहकलाई बैंकले आवास कर्जा उपलब्ध गराउनेछ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ। सम्झौताले कर्मा रेसिडेन्सिजका आवासीय परियोजनामा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणपछि बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुने जनाइएको छ। मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend