दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको यस योजनामार्फत ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहज रूपमा जोडिन प्रोत्साहन गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार ग्राहकले ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ, १ लाख रुपैयाँसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज प्राप्त गर्न सक्नेछन्।