जन आकाश
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक बनेको आरोप लगाएको छ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिका काम गर्ने संस्थाबीचको प्रतिस्पर्धाले कोष परिचालनमा चुनौती थपिएको बताए।
उनका अनुसार सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा आबद्ध भइसकेका संस्थालाई समेत अनिवार्य सहभागी हुन दबाब दिने गरी पत्राचार गर्ने क्रम बढेको छ। यसले रकम व्यवस्थापनमा जटिलता सिर्जना गरेको उनको भनाइ छ।
त्यस्तै, जनशक्ति अभावका कारण पुँजी बजारमा निजी क्षेत्रका सेवा प्रदायक संस्थासँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको उनले बताए।
कार्कीले हकप्रद सेयरमार्फत तत्काल पुँजी जुटाउनेभन्दा पनि ऐनले तोकेको अधिकृत पुँजीको सीमाभित्र रहेर बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको जानकारी दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend