जन आकाश
काठमाडौं । काठमाडौंको टेकुस्थित लामो समयदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा आएको छ। ‘काठमाडौं जलवायु कार्य सप्ताह–२०२६’ को अवसरमा बिहीबार प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन्। परीक्षणपछि प्लान्ट सञ्चालनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिएको छ।
महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत निर्माण गरिएको प्लान्ट २०७५ सालदेखि सञ्चालनमा आए पनि पछि बन्द भएको थियो।
प्लान्टबाट दैनिक तीन मेट्रिकटन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्लान्ट पुनः सञ्चालनमा आएसँगै जैविक फोहोर व्यवस्थापन, ऊर्जा उत्पादन तथा वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend