logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

सुतार कार्कीहरुको वंशवली सार्वजनिक


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

मोहन कार्की



काठमाडौ । सुतार कार्कीरुको वंशावली सार्वजनिक गरिएको छ । हिजो अर्थात यहि कार्तिक १४ गते सनिवार काठमाडौको एवान पार्टी प्यालेसमा भएको कार्यक्रममा उक्त बंशवाली सर्वाजनिक गरिएके हो । उक्त कार्यक्रम सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष एवम् वंशवली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समितिका संयोजक समेत रहेका दिव्यध्यव कार्कीको अध्यक्षतामा, प्रमुख अतिथि नायव वडागुरुजी माधव भट्टराई, विशिष्ट अतिथिहरुमा कान्त भट्टराई, प्रा. दिनेश पन्त, प्रा. पेशल निरौला रहेका थिए ।

झण्डै २०० को हाराहारीमा सुतार कार्कीहरुको उपस्थिति रहेको कार्यक्रमलाई पूर्व डिएसपी कृष्ण बहादुर कार्कीले स्वागत गरेका थिए । नेपाली मौलिक सस्कृति सनातनलाई उजागर गर्दै गरिएको कार्यक्रममा (स्वर्गाद्धारी आश्रम) पशुपति क्षेत्रवाट आएका पाँचजना वटुकहरुले सारस्वर मंगल मन्त्रसहित वेद पाठ गरी ११ वटा पानसमा प्रमुख अतिथि र विशिष्ट अतिथि गणहरुवाट दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो ।

उदघाटन पछि सुतार कार्कीको कार्यक्रम आफ्ना भनाई राख्दै प्रा.डा माधव भट्टराई, प्रा दिनेश पन्त, प्रा. पेसल निरौलाले सुतार कार्कीहरुको गर्विलो ईतिहाँस रहेको र आज वंशवली प्रकाशन गरेर अर्को एउटा ईतिहाँसलाई ब्युझाउने काम गरेको भनी धारणा राखेको थिए ।

कार्यक्रममा बोल्दै पूर्व संविधानसभा सदस्य डिबी कार्कीले वंशवलीमा संस्थापक सदस्यहरुको नामावली नभएको भनेर गुनासो गरेका थिए । सुतार कार्की सेवा समितिको संस्थापक अध्यक्ष रामेछापका सफल व्यवसायी कुमार कार्की हुन् ।

सुतार कार्कीहरुको कार्यक्रममा देशभरीका तथा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र दुल्लु नगरपालिकाकी उपमेयर कुलबधु वीना कार्की र दैलेख गाउँपालिकाकी उपाध्यक्ष छोरी शिवा कार्की, संयुक्त खस क्षेत्री नेपालकी प्रतिनिधि अप्सरा कार्की ग्राफिक डिजाईनर दिनेश मानन्धर, सरिता मानन्धर समेतलाई वंशवली सार्वजनिक कार्यक्रमको अवसरमा दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम नेपाल सरकारका पूर्व सविवहरु, सहसचिवहरु, उपसचिवहरु, जनप्रतिनिधिहरु वर्तमान जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो वर्तमान निजामती र जनप्रतिनिधिहरुलाई कार्यक्रममा कुलको नाम राखेको भनेर बधाई दिइएको थियो ।

कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव श्रीमान कार्कीले हसाउदै उत्कृष्ट ढंगवाट मौलिक पारामा प्रस्तुत गरी सफलता दिलाएका थिए । कतिपय सुतार कार्कीहरुले कार्यक्रममा कसैले गीत गाएर, कसैले कविता वाचन गरेर आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उक्त वशवली प्रकाशन गर्न वनेका समितिमा करवीर सिंह कार्की, डम्बर कार्की, नारायण कार्की लगायत भएपछि नारायण कार्कीले धारणा राख्ने क्रममा यो वंशवली नै भन्न नमिल्ने तर सुतार कार्कीको पुस्ताको ४७ पुस्ताको अभिलेख हो वंशवली बनाउन सवै सुतारहरुले सहयोग गरेमा मात्र सम्भव छ भने ।

सुतार कार्कीको वंशवली सार्वजनिक समारोहमा नेपालमा भारी वर्षाका बाबजुद पनि नेपालको पूर्वको इलाम, भोजपुर, झापा, तराईका जिल्ला सर्लाही, धनुषा, बुटवल, पश्चिममा नवल परासी, पर्वत, बाके, बर्दिया, कैलाली, दैलेख, दार्चुला, वैतडी काठे क्षेत्रका जिल्लाहरु रामेछाप, दोलखा, मकानपुर आदि जिल्लाहरुवाट प्रतिनिधिहरु उपस्थित भएर कार्यक्रमलाई भव्य बनाएका थिए ।

कार्यक्रमको अध्यक्ष तथा सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष एवम् वंशवली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समितिका संयोजक समेत रहेका दिव्यध्यव कार्कीले यो वंशवली प्रकाशन गर्न सहयोग गर्ने सम्पूर्ण व्याक्तित्वहरुलाई धन्यवाद दिदै भने यो ४७ पुस्तासम्मको वंशवली भएको उल्लेख गरेर कार्यक्रम समापन गरेका थिए । सुतार कार्की सेवा समितिका अध्यक्ष दिव्यध्यज कार्कीले २०६३ सालदेखि निरन्तर रुपमा वंशवली संकलनमा देशका सुतार कार्कीहरु भएको जिल्लामा पुगेर अभिलेख जुटाई वंशवली तयार गरेका हुन् ।

उक्त कार्यक्रम सम्मन्न गरेर दिवाभोज गरी सुतार बन्धुहरुले भावना साटसाट समेट गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend