logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

मोटरसाइकल ट्रकमा ठोक्किँदा ५५ वर्षीय दैलेखका कृष्णकुमार आचार्यको मृत्यु


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्। घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषित गरे ।



आइतबार दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन् । प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend