logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १८१ रनको लक्ष्य


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शाहब आलमको बलमा डेविड वार्नरबाट क्याच आउट हुनुअघि उनले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

त्यस्तै, हुसैन तलातले ३० बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए। पाँचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातबीच ६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। तलात जहानदाद खानको बलमा हिट विकेट भए।

गुल्सन झाले १२ बलमा २ छक्काको मद्दतमा २० रन बनाए। मार्क वाटले १७, जिसन आलमले ७ र दीपक डुम्रेले ८ रन जोडे। पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे।

काठमाडौं गोर्खाजका लागि करण केसीले सर्वाधिक २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे।१८१ रनको लक्ष्य पछ्याउँदै काठमाडौं गोर्खाजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend