जन आकाश
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ देखि २१ गतेसम्म दक्षिण कोरियाको सियोलमा आयोजना हुने आइक्यापकको कार्यक्रममा सहभागी हुन जाने भएपछि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
अध्यक्ष यादवले मंगलबार (नोभेम्बर ४) पत्र जारी गर्दै नोभेम्बर ४ देखि ७ सम्मका लागि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्।
यादवको अनुपस्थितिमा उक्त अवधिभर पार्टीको कार्यवाहक अध्यक्षका रूपमा भण्डारीले जिम्मेवारी सम्हाल्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend