logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सुधारपछि पुनः सञ्चालनमा आयो सार्वजनिक खरिदको ई–जीपी प्रणाली, अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र पेस गर्न सकिने


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि उक्त प्रणाली पुनः सञ्चालनमा ल्याएको हो।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सुरक्षा जोखिम देखाउँदै गत भदौ ११ गतेदेखि ई–जीपी प्रणाली बन्द गरेको थियो।

कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने व्यवस्था छ। पुनः सञ्चालनमा आएको नयाँ व्यवस्थाअनुसार अब बोलपत्रदाता तथा आपूर्तिकर्ताले अनलाइन वा हार्डकपी दुवै माध्यमबाट प्रस्ताव पेस गर्न सक्नेछन्।

तर, बोलपत्र खोल्ने र मूल्यांकन गर्ने कार्य भने अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै गर्नुपर्ने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend