जन आकाश
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारको जिम्मेवारीमा राखिएको हो।
पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ।
सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि सरकारले उनलाई पदबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको हो।
यसैबीच, सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend