logo सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026
logo

सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026

राष्ट्रपति रामचन्द्र पौडेल आज छठ पूजा गर्न गौरीघाट जाँदै


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार छठ पर्वका अवसरमा पूजाअर्चना गर्न गौरीघाट जाने भएका छन्।



राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल पुग्ने कार्यक्रम तय भएको छ।

छठ पर्वको अवसरमा गौरीघाट पुगेर राष्ट्रपति पौडेलले भगवान् सूर्यदेवको पूजाअर्चना गर्ने र त्यसपछि फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend