logo सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026
logo

सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026

छठ मनाउन सर्लाही पुगे कांग्रेस सभापति गगन थापा, भने– नेपाललाई सकारात्मकता चाहिएको छ


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन सर्लाही पुगेका छन्। आइतबार सभापति थापा सिमरा विमानस्थल हुँदै सर्लाहीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।



सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले छठ पर्वले सबै नेपालीलाई सकारात्मक सोच र सद्भावको प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे।

उनले नेपाली समाजमा बढ्दै गएको नकारात्मकता अन्त्य गर्दै सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको बताए।

‘छठको उपलक्ष्यमा सबैलाई शुभकामना छ। छठले सबै नेपालीलाई सकारात्मक हुने कुराको प्रेरणा मिलोस्। यति धेरै नकारात्मकताले नेपाली समाज चल्न सक्दैन, त्यसैले नेपाललाई सकारात्मकता चाहिएको छ,’ उनले भने।

सभापति थापा गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। तर, उनी उक्त निर्वाचनमा पराजित भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend