logo सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026
logo

सोमबार, मंसिर १ २०८३ | Monday 16th November 2026

सरकारले नागरिकको विश्वास गुमाउँदै गएको कांग्रेस महामन्त्री प्रदीप पौडेलको आरोप


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०८३

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकको विश्वास गुमाउँदै गएको आरोप लगाएका छन्।



आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारले नागरिकको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन्।

उनले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको टिप्पणी गरे।

सरकारले नागरिकको विश्वास जित्नुको सट्टा लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनमाथि प्रश्न उठ्ने गतिविधि गरिरहेको उनको आरोप थियो।

निर्वाचन जित्दैमा कानुन मिच्ने अधिकार प्राप्त नहुने भन्दै उनले लोकतान्त्रिक विधि र कानुनी शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे। साथै, कानुनी प्रक्रियाका नाममा नागरिकलाई तर्साउने काम नगर्न पनि उनले चेतावनी दिए।

महामन्त्री पौडेलले कांग्रेस रहँदासम्म लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने दाबीसमेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend