जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पुसको पहिलो साताभित्र जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताएका छन्।
आइतबार छठ पर्वका अवसरमा सर्लाही क्षेत्र नम्बर ४ पुगेका सभापति थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने र केन्द्रीय निर्वाचन समितिले अधिवेशनको मिति तय गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न भएको तीन–चार दिनभित्रै प्रदेश अधिवेशन गरिनेछ। जिल्ला र प्रदेश अधिवेशनपछि कांग्रेस स्थानीय तह निर्वाचनको तयारीमा जुट्नेछ।
यसैबीच, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरूलाई मंसिर ४ गते बोलाएको छ। उक्त छलफलपछि निर्वाचनको मिति तय हुने अपेक्षा गरिएको सभापति थापाले बताएका छन्। यस्तै, सभापति थापाले वर्तमान केन्द्रीय सरकार प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend