logo बुधबार, मंसिर २ २०८३ | Wednesday 18th November 2026
logo

बुधबार, मंसिर २ २०८३ | Wednesday 18th November 2026

एनपीएलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै, विजेताले सुदूरपश्चिमसँग क्वालिफायर खेल्ने


  • जन आकाश
  • बुधबार, मंसिर २ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच इलिमिनेटर खेल हुँदैछ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। अंक तालिकामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेका हुन्।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

यसअघि नै लुम्बिनी लायन्सले पहिलो क्वालिफायर जित्दै एनपीएलको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend