जन आकाश
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता समर्पित गर्ने बताएकी छन्।
उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्दै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
श्रेष्ठले २०८२ भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसयता कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी श्रेष्ठले स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend