logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रचण्ड, ओली र गगन थापासहितका शीर्ष नेता निर्वाचन आयोगमा


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।



छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेल निर्वाचन आयोग पुगेका हुन्।

आयोगमा हुने छलफलमा स्थानीय तह निर्वाचनको तयारी, निर्वाचनसम्बन्धी कानुनी तथा प्राविधिक विषय र राजनीतिक दलहरूबीच आवश्यक समन्वयका विषयमा छलफल हुने बताइएको छ।

स्थानीय तह निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेको हो। छलफलबाट निर्वाचनसम्बन्धी विषयमा दलहरूको धारणा र सुझाव संकलन गर्नुका साथै आवश्यक सहमति तथा समन्वयको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend