जन आकाश
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।
फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले मन्त्री गौतमसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल र फ्रान्सका संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा विधेयक पारित गर्ने कार्यविधिबारे अनुभव आदानप्रदान भएको छ।
फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्राकृतिक विपद्प्रति समवेदना व्यक्त गरेको छ।
भेटमा दुवै पक्षले नेपाल–फ्रान्सबीचको द्विपक्षीय सहयोग र आपसी समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend