logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ।



शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेको हो।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए। तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए।

नेकपाका संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन्। यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययनपछि अन्तिम धारणा बनाउने उनको भनाइ छ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend