logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

बहुदलपछि सामुदायिक र निजी विद्यालयको विभाजनले शिक्षा बिग्रियो : पूर्वराष्ट्रपति यादव


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहुदलपछि सामुदायिक र निजी विद्यालयबीच दुई धार सिर्जना गरिँदा नेपालको शिक्षा प्रणाली कमजोर बनेको टिप्पणी गरेका छन्।



धनुषाको जनकपुरमा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै यादवले पञ्चायतकालदेखि हालसम्म नेपालको शिक्षा सन्तोषजनक हुन नसकेको बताए।

उनले शिक्षा सुधारका लागि स्थानीय तह र विद्यालयले नै जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै विद्यालय समुदायको साझा सम्पत्ति भएको उल्लेख गरे। साथै, शिक्षकले पाउँदै आएको सम्मान र प्रतिष्ठा जोगाउनुपर्ने धारणा राखे।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले शिक्षकलाई उचित तलब, सुविधा र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए। उनले शिक्षकको बीमा, नियमित स्वास्थ्य परीक्षण, विषयगत शिक्षकको व्यवस्थापन र विद्यालयको भौतिक पूर्वाधार सुधारमा जोड दिए।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा करिब एक हजार जनाको सहभागिता रहेको छ। सम्मेलनबाट सामुदायिक शिक्षा सुधारका लागि जनकपुर घोषणापत्र जारी गरिने प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend