logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्।



स्थानीय तहको निर्वाचन तयारीका सम्बन्धमा निर्वाचन आयोगले आयोजना गरेको छलफलमा सहभागी हुँदै प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकारलाई विशेष प्राथमिकताका साथ उठाएका हुन्।

उनले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था गर्नुपर्ने बताए। यसका लागि नेपालीको ठूलो संख्या रहेका देशसँग सरकारले द्विपक्षीय वार्ता गर्नुपर्ने र निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, निर्वाचन दुई चरणमा गर्ने विषयमा आयोगको सुझाव अध्ययन गरी पार्टीभित्र छलफलपछि थप निर्णय लिने प्रचण्डले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend