logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

डिजिटल सुरक्षा र गलत सूचना नियन्त्रण सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, साक्षरता र गलत सूचना तथा दुष्प्रचार नियन्त्रणका लागि सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताएका छन्।



नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधिसँग मन्त्रालयमा भएको भेटमा उनले सुरक्षित र समावेशी डिजिटल समाज निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।

भेटमा गलत सूचना, घृणास्पद अभिव्यक्ति, व्यक्तिगत गोपनीयताको संरक्षण, तथ्य जाँच तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे छलफल भएको थियो।

संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले कोशी र मधेश प्रदेशमा डिजिटल तथा मिडिया साक्षरता अभिवृद्धि र स्थानीय तहको क्षमता विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए।

मन्त्री तिमिल्सिनाले डिजिटल सुरक्षाका लागि आवश्यक नीति, कानुन र संस्थागत क्षमता विकासमा जोड दिँदै यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend