जन आकाश
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोग गठन गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले आयोग गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
आन्दोलनका क्रममा पीडित बनेका व्यक्ति तथा परिवारलाई न्याय दिलाउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको एक मन्त्रीले जानकारी दिएका छन्।
अध्यादेशमार्फत आन्दोलनसँग सम्बन्धित मुद्दाको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिनेछ।
त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधारसमेत अध्यादेशले तयार गर्ने जनाइएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जेनजी आन्दोलनमा सहभागी भएकै कारण मुद्दा खेपिरहेका व्यक्तिहरूलाई रिहा गर्न माग गर्दै आएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend