logo बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026
logo

बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026

हिमालय बैकले प्राप्त ग¥यो दुईवटा अवार्ड


  • जन आकाश
  • बुधबार, मंसिर ९ २०८३

काठमाडौ । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित“Excellence in Contactless Acquiring” र “Excellence in POS Acquiring Business – Principal Client” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।



भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ ATM, ९,००० भन्दा बढी POS Terminals र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend