logo बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026
logo

बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026

आर.एम.सी. फुड्स प्रा.लिलाई दुईवटा राष्ट्रिय सम्मान प्राप्त


  • जन आकाश
  • बुधबार, मंसिर ९ २०८३

काठमाडौं । गत मंसिर ७ गते २०८३ गते आर्थिक वर्ष २०८१र०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर अन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको कम्पनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा आ।व। २०८२र८३ मा मुलुकबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ को रुपमा सम्मान



२०८३ साल मंसिर ७ गते “कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल तथा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मान (पत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।

त्यसैगरी, “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ मिति २०८३ मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा भन्सार विभागको सिफारिसका आधारमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले सम्मानपत्र प्रदान गरेका थिए । मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाई सम्मान गरेका थिय ।

आर.एम.सी. ग्रुप अन्तर्गत सञ्चालित आर.एम.सी. फुड्स प्रा।लि।ले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल (विशेषगरी Nutriplus ब्रान्ड) लगायतका गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ।

नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्ष समेत रहेका राजेश कुमार अग्रवालले सम्मान पत्र प्राप्त गरेपछि खुशी व्याक्त गर्दै भन, “नेपाल सरकारबाट प्राप्त यो सम्मानले हामीलाई स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको छ । देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहनेछ ।”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend