logo बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026
logo

बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026

मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण


  • जन आकाश
  • बुधबार, मंसिर ९ २०८३

काठमाडौं । नयाँ वानेश्वर, काठमाडौंमा रहेको मेट्रोल्याब्स प्रालिले विश्व मधुमेह दिवसको अवसरमा सुरु गरेको बृहत् सामुदायिक निःशुल्क मधुमेह परीक्षण अभियानलाई निरन्तरता दिएको छ । ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमार्फत ५ हजारभन्दा बढी व्यक्तिको निःशुल्क मधुमेह परीक्षण गर्ने लक्ष्य राखेको कम्पनीले उल्लेख गरेको छ ।



संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत सञ्चालन गरिएको अभियान डिसेम्बर ३१, २०२६ सम्म जारी रहने छ । अभियानमार्फत समुदायलाई करिब एक करोड रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य सहित मेट्रोल्याब्सले सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend