logo शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026
logo

शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026

प्रधानमन्त्रीको भारत भ्रमणपछि उठेका प्रश्नमा देखिएका केही कुराहरुः कार्की


  • जन आकाश
  • शुक्रबार, मंसिर ११ २०८३

 



सम्माननीय प्रधानमन्त्री बालेन साहज्युको मित्र राष्ट्र भारतको दुइ दिने भ्रमणलाइ सफलता वा असफलता को यन्त्र लगाइ छुट्याउनु जायज हुने छैन । मुलुकका राजनीतिक दलहरुबिच बिश्वासको खडेरी परिरहेको बर्तमानमा छिमेकि राष्ट्र
हरुसङ्गको सम्बन्ध र परराष्ट्र नीतिप्रति राष्ट्रिय एकताद्वारा दिर्घकालिन सोच अनुरुप स्थायित्व दिन नसकिरहेको अबस्थामा परम्पराको निरन्तरताकै रुप नै भए पनि सकारत्मक भनि बुझ्नै पर्छ ।

यथार्थ सम्झदारि ,बिश्वास ,सहकार्य आदि सह अस्तित्व कै मान्यतामा नागरिक तहदेखि सरकारिस्तरसम्म मित्रताको पुष्टिकण नै रहेको स्बिकार्नै पर्छ । ऋण रकम प्राप्त हुनुलाइ भ्रमण सफल रहेको झ्यालि पिटनु मुलुकले कहिलेसम्म पराधिन अर्थब्यवस्थाको जन्जिरमा जकडि रहनुपर्ने हो भन्ने नागरिकका प्रश्नलाइ औचित्यहिन भन्न सकिन यद्यपी भोटेकोशि बाढिले पुर्याएको क्षतिको पुनः निर्माण, पुर्नबास लगायत रोजगारीका अवसर सृजना गर्न ऋण लिनै पर्ने हुनसक्ला ।

तथापी ऋणको प्रकृति, चुक्ताको समय सिमा, ब्याज दर वा निर्ब्याजि के हुने हो प्रष्ट्याउन जरुरी हुन्छ । त्यस्तै बिभिन्न बिषयहरु र क्षेत्रमा सहकार्यको सहमति मित्रता लाइ कसिलो बनाउने अभियान को रुपमा बुझ्न जरुरी हुन्छ । ब्यापार बाणिज्य लगायतमा हुने बिषयलाई सम्झौताले आयत र निर्यात ब्यापार बिच समाजस्य मिलन बिन्दु पत्ता लगाउने प्रयासमा निरन्तरता पाउने आशा गर्नु पर्ने छ ।

उपभोग्य बस्तुको आयतमा सरलिकरण नागरिक तहसम्ममा मित्रताले स्थान पाउने छ भने नेपालमा उत्पादित चिया, अलैचि, अमलिसो आदि जडिबुटीले भारतीय बजार पाउनु का साथै बिश्व बजारमा बिना रोक छेकका साथ उपस्थिति जनाउने अवसर पाउने आशा गर्नै पर्छ । प्रशासनिक दक्षता बढाउने नाममा कर्मचारितन्त्र र सुरक्षा निकायलाइ बिना हतोत्साहि ग्यान, सिप, अनुभब आदिलाइ बिनिमयको सिध्दान्तमा सिक्ने र सिकाउने अवसर को रुपमा बुझ्नु र बुझाउन जरुरी छ।

यो भ्रमणले बृहत राष्टिय एकता को बलमा छिमेकि सङ्ग दर्बिलो प्रस्तुति हुनेमा बिश्वास निर्माण आशाबादी हुनै पर्छ । तसर्थ छिमेकी राष्ट्र भारतको दुइ दिने भ्रमणले छिमेकि राष्टहरु सङ्ग बिश्वसको जग निर्माणमा कोसे ढुङ्गा हुनसके सफल साबित हुने छ । लिने र दिने कार्य बिश्वास भित्र चलिरहेको बिषय कै रुपमा बुझ्नै पर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend