logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बस दुर्घटनामा दैलेखमा १० को मृत्यु १८ यात्र घाइते


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०७४

काठमाडौँ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा बुधबार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १८ यात्रु घाइते भएका छन् ।



कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका छन् । मृतकको सनाखत  नभएको घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले बताए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताए ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend