जन आकाश
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारण सभाका अध्यक्षका प्रत्यासी रोहन गुरुङ संयुक्त प्यानलबाट उम्मेदवारी घोषणा गर्दै आफ्नो सार्वजनिक गरेका छन् । र उनले आफूले आफ्नो पूरै प्यानल सहित जित्ने दाबी गरेका छन् । प्रतिबद्धताको सार जस्ताको तस्तै ।
समुन्नत राष्ट्र निर्माणको आधार, “सुरक्षित व्यवस्थित र मर्यादित” वैदेशिक रोजगार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मिति २०७४ असार ३० गते सम्पन्न हुन गईरहेको २५ औं, साधारण सभा (रजत जयन्ती) तथा निर्वाचनमा रोहन गुरुङ अध्यक्ष रहेको संयुक्त व्यवसायिक समुहको
प्रतिबद्धता पत्र
आदरणीय व्यवसायी मित्रहरु,
वैदेशिक रोजगार व्यवसायीहरुको व्यवसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि स्थापित छाता संगठनको रुपमा परिचित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ईतिहासका विभिन्न आरोह, अबरोहहरु पार गर्दै आज २५ औं बर्षमा प्रबेश गरेको छ । समान लक्ष्य र उद्देश्यका साथ स्थापित हामी तमाम व्यवसायीहरुको साझा चौतारीको रुपमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गौरवमय ईतिहासको रक्षा गरी आ–आफ्नो व्यवसायलाई निरन्तरता दिंदै राष्ट्र निर्माणमा सक्रिय हुनु आजको आबश्यकता र अपरिहार्यता हो ।
व्यवसायीहरुले बार्षिक करीब ५ लाख वेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीको अबसर प्रदान गर्दै आएको र हालसम्म करिब ५० लाख नेपाली युवाहरु वैदेशिक रोजगारीका सिलसिलामा विश्वको विभिन्न मुलुकहरुमा रहेको कुरा तथ्यांकबाट देख्न सकिन्छ । विदेशमा रहेका नेपाली श्रमिकहरुले रेमिट्यान्स मार्फत पठाएको रकमले राष्ट्रको कूल ग्राहस्थ उत्पादनको करिब ३१% स्थान ओगटेको छ । जसका कारण मुलुकको गरीवि निवारणमा ४१.८०% का दरले कमी आएको छ । पोषणयुक्त खानपिनमा पहुँच पुग्नाले बालबालिकाहरु कुपोषण मुक्त भई बाल मृत्यु दरमा समेत उल्लेखनिय कमी आएको छ । नेपालकोे करीब ६०% घरधुरी वैदेशिक रोजगारीबाट लाभान्वित भएका छन भने गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सहज पहुँच र जीवनस्तरको विकास गर्दै समग्र आर्थिक,शैक्षिक तथा सामाजिक रुपान्तरणमा वैदेशिक रोजगार व्यवसायीहरुले पु¥याएको योगदान र भूमिका समाज बिकासका लागि सह्रानीय रहेको व्यहोरा सगौरब प्रस्तुत गर्दछौं ।
संघको २५ बर्ष लामो यात्राको क्रममा, परिस्थितिका अनुकुलता र प्रतिकूलताका थुप्रै अनुभवहरु हामीसंग छन् । वै.रो.ऐन–२०४२, वै.रो.नियमावली–२०५६,वै.रो.ऐन–२०६४,न्यूनतम लागत शुल्क ९ँचभभ ख्ष्कब(ँचभभ तष्अपभत० – २०७२, घरेलु कामदार कार्यबिधि २०७२ का बिभिन्न अव्यवहारिक सरकारी एवम् प्रशासनिक निर्णयहरु र निहित स्वार्थले बिभिन्न कोणबाट लादिएकोे द्यष्यmभतचष्अ, ख्ील्, ःष्नचबmक, इक्ऋ, क्ष्क्ऋ जस्ता आँधी र तुफानहरुका कारण २५ औं बर्षकोे व्यवसायिक यात्रा समय समयमा अबरुद्ध हुन पुग्यो । यात्राको नेतृत्व गर्ने केही व्यक्तिहरुको कूटील चालका कारण राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय माफियाहरु सक्रिय भए । कहिले सिण्डिकेटको नाममा, कहिले धरौटी बढाउने त कहिले व्यवसायी संस्थालाई बर्गिकरण गर्ने जस्ता संत्रास पैmलाई तमाम व्यवसायीहरुलाई आतंक मच्चाउने कार्यहरु गर्न खोजिए । यस्ता गलत पात्र, प्रबृति, नेतृत्व र निर्णयहरुलाई सच्याउँदै व्यवसायिक यात्रालाई समयानुकूल बनाउन सही नेतृत्वको छनौट गर्नुपर्ने आजको आवश्यकता हो ।
अतः यिनै गलत निर्णय र गलत प्रवृतिको निस्तेज, सकारात्मक कार्यको निरन्तरता अनि समग्र व्यवसायीको सफलता यस समुहको अभियान हो । अझ स्पष्ट भाषामा भन्नुपर्दा बषौं देखि चलिरहेको र तमाम व्यवसायीहरुले भन्ने गरेको वैदेशिक रोजगार व्यवसायलाई “सुरक्षित, व्यवस्थित र मर्यादित” बनाउने भन्ने मूल नारालाई शतप्रतिशत कार्यान्वयन गराउने दृढ संकल्पका साथ यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।
हाम्रो उम्मेदवारी किन ?
क. नीतिगत सुधारका लागि ः
१. संशोधनको प्रकृयामा रहेको वै.रो.ऐन–२०६४ को प्रस्तावित मस्यौदालाई पूर्णरुप दिन ।
द्रष्टव्य ः ऐनमा हालको धरौटी यथावत राख्न, व्यवसायिक संस्थाहरुलाई गर्न खोजिएको बर्गिकरण नगर्न, भ्mउयिथmभलत ऋयलतचबअत को आधारमा अन्तिम स्वीकृति दिनुपर्ने र दूूताबास प्रमाणिकरण अनिवार्य गर्नु नपर्ने कार्यहरुलाई बिशेष जोड दिईनेछ ।
२. दश हजार सेवा शुल्कको निर्णय खारेज गरी कामदारले पाउने १ महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्क बापत लिन पाउने व्यवस्था गर्न ।
३. क्ब्ब्च्ऋ मुलुकहरुबाट रोजगारीमा जाने कामदारहरु जस्तै नेपाली कामदारले पनि हवाई टिकट खरिद गरी रोजगारीमा जान सक्ने व्यवस्था गर्न ।
४. मलेशिया जाने नेपाली युवाहरुलाई अनावश्यक आर्थिक भार पार्ने द्यष्यmभतचष्अ, ख्ील्, ःष्नचबmक, इक्ऋ र क्ष्क्ऋ जस्ता अबैधानिक संस्थाहरुलाई विस्थापित गर्न ।
५. गाम्का नेपाल लगायत यस्ता प्रकृतिका अन्य स्वास्थ्य संस्थाहरुले कामदारलाई पार्ने उच्च आर्थिक भारलाई न्यूनिकरण गर्न ।
६. कर भुक्तानी सम्बन्धमा देखिएको अस्पष्ट कर प्रणालीलाई सरलीकरण गर्न ।
७. सम्पूर्ण रोजगारदाता मुलुकहरुसँग (घरेलु कामदार तथा संगठित क्षेत्र) श्रम सम्झौता गर्नका लागि नेपाल सरकारलाई जोडदार दवाब दिन ।
८. रोजगारदाता मुलुकहरुसँग श्रम सम्झौता गर्नका लागि उच्च स्तरीय राजकीय भ्रमण ईत्यादीको लागि समन्वयात्मक भूमिका निर्वाह गर्न ।
९. घरेलु कामदार कार्यबिधि–२०७२ लाई परिमार्जन गरी कामदार र व्यवसायी मैत्री बनाउन ।
१०. वैदेशिक रोजगार सम्बन्धि बिषयलाई बिद्यालय स्तरीय पाठ्यक्रममा समाबेश गर्न ।
११. सम्झौता अनुसार कार्य नगर्ने रोजगारदाता कम्पनी र विदेशी च्भअचगष्तष्लन ब्नभलअथ लाई कालो सुचीमा राख्ने व्यवस्था गर्न ।
१२. खाडी मुलुकहरुमा नेपाली कामदारले पाउने न्युनतम पारिश्रमिकमा एकरुपता ल्याउन ।
१३. भिषा प्राप्त गरेका कामदार आफ्नै कारण रोजगारीमा नगएमा त्यस्ता कामदारबाट क्षतिपूर्ति बापत रकम असुल उपर गर्ने लगायत कामदारको दायित्व किटान गर्न ।
१४. स्वास्थ्य परिक्षण असफल भई फर्किएका कामदारको क्षतिपूर्ति (भिषा, टिकट शुल्क आदि) स्वास्थ्य परिक्षण संस्था मार्फत असुल उपर गर्न ।
१५. राहदानी लिनु पूर्व वैदेशिक रोजगार सम्बन्धि एचभ( इचष्भलतबतष्यल सम्बन्धित जिल्ला वा प्रदेशमा नैे व्यवस्था गर्न ।
१६. संघीय नियम कानून कामदार र व्यवसायी मैत्री बनाउन ।
१७. वै.रो. व्यवसायीले स्वदेशमा समेत कामदार आपुर्ति गर्न पाउने ९ीयअब िच्भअचगष्तmभलत० ईजाजतपत्रको व्यवस्था गर्न÷गराउन ।
१८. ईजरायल लगायतका मुलुकहरुमा व्यवसायी संस्था मार्फत कामदार आपूर्ति गर्ने व्यवस्था गर्न ।
ख. कार्यबिधि व्यबस्थापन ९एचयअभमगचब िःबलबनझभलत०ः
२. अनलाईन श्रम स्वीकृति प्रणालीलाई प्रभाबकारी बनाउन ।
३. व्यवसायिक संस्था उपर परेका उजुरीहरुलाई कानून व्यवसायी सहितको हेल्प डेस्कको व्यवस्था गरी निःशुल्क कानूनी सेवा प्रदान गर्न ।
४. व्यवसायी र कामदारले सेवा लिने निकायहरुमा हुन सक्ने आर्थिक अनियमितता बन्द गर्न ।
५. नियामानुसार प्रबद्र्धन बोर्डलाई सक्रिय बनाई नयाँ गन्तव्य मुलकहरुको खोजी गर्न ।
६. दूताबासबाट हुने हस्तक्षेप तथा झन्झटिलो प्रकृयाहरुको अन्त्य गरी समन्वयात्मक भूमिका स्थापित गर्न ।
७. व्यवसायीहरुको क्षमता अभिबृृद्धिका लागि प्रबद्र्धन बोर्डसंगको सहकार्यलाई निरन्तरता दिन ।
८. प्रबद्र्धन बोर्डले दिने सीप बिकास तालिमलाई प्रभावकारी बनाई समन्वय गर्न ।
९. प्रबद्र्धन बोर्ड मार्फत वैदेशिक रोजगार सम्बन्धि जनचेतना मूलक कार्यक्रम संचालन गर्न ।
१०. प्रबद्र्धन बोर्डमा अनुत्पादक रुपमा रहेको पूँजीलाई नियमानुसार उत्पादन मूलक क्षेत्रमा लगानीका लागि आबश्यक समन्वय गर्न ।
११. श्रम सहचारी रिक्त रहेका मुलुकहरुमा नियमानुसार श्रम सहचारी नियुक्त गर्न दवाब दिन ।
१२. ईजाजत पत्र प्राप्त सम्पूर्ण व्यवसायीहरुलाई नेपाल स्थित साउदी दूताबासद्वारा क्ष्म् ऋबचम दिलाउन जोडदार रुपमा पहल गर्न ।
१३. नेपाल स्थित साउदी दूताबासबाट ख्ष्कब क्तबmउष्लन गर्ने कार्य छिटो छरितो गर्न गराउन ।
ग. आन्तरिक व्यवस्थापन ः
१. वैदेशिक रोजगारीमा जाने युवाहरुको आवेदन इलष्लिभ क्थकतझ मार्फत संकलन गरी व्यवसायी संस्थाहरुसँग सिधा सम्पर्क गर्ने ।
२. वैदेशिक रोजगार संग सम्बन्धित बिषयहरु ब्उउक मार्फत प्रवाह गर्ने ।
३. संघको बिधानमा व्यवसायी भलाई कोषको व्यवस्था गरी व्यवसायी र कामदारको हितमा भलाई कोष स्थापना गर्ने (भलाई कोष संचालन सम्बन्धि कार्यबिधि तयार गरी लागू गरिनेछ)
४. संघको भवन निर्माण तथा व्यवस्थापन गर्ने ।
५. हरेक प्रदेशको राजधानीमा संघको शाखा कार्यालय स्थापना गर्ने ।
६. बढी कामदार रहेका गन्तव्य मुलुकहरुमा भैपरि आउने समस्या समाधान गर्न संघले कर्मचारी नियुक्ति गरी आबश्यक्ता अनुसारको कार्य गर्ने ।
७. सबै प्रदेशमा संघले अन्तराष्ट्रिय
दण्ड अनुसारको तालिम केन्द्र स्थापना गरि अर्धदक्ष÷दक्ष जनशक्ति उत्पादन गर्ने ।
७. बैदेशिक रोजगारीमा गएका युवाहरुको घर–परिवारसँग नियमित सम्पर्क गर्ने संयन्त्र निर्माण गरी कामदारका परिवारसँगको सुमधुर सम्बन्ध बनाउने ।
८. व्यवसायीहरुको संयुक्त लगानीमा बैदेशिक रोजगार जीवन विमा, स्वास्थ्य परिक्षण संस्था र अभिमुखीकरण तालिम जस्ता व्यवसायिक संस्थाहरुको स्थापना÷साझेदारी गर्ने ।
९. वैदेशिक रोजगार सम्बन्धि अनावश्यक भ्रमहरु फैलाउने सामाजिक संञ्जालहरुलाई निरुत्साहित गर्दै आम नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्ने ।
१०. रोजगारदाता मुलुकहरुको चेम्बर अफ कमर्श लगायत सम्बन्धित निजी तथा गैर सरकारी संघ÷संस्थासँग समन्वय गरी रोजगारीको अबसर बढाउने कार्य गर्ने ।
११. उच्च स्तरीय समिति गठन गरी वैदेशिक रोजगार व्यवसाय सहज र सरल बनाउन बिभिन्न राजनीतिक पार्टी तथा अन्य सँघ÷संस्थाहरुसँग समन्वय गर्र्ने ।
१२. बिभिन्न निकायहरुबाट मृतक कामदारका परिवारहरुले पाउनु पर्ने क्षतिपूर्ति रकम छिटो छरितो उपलब्ध गराउन सहजीकरण गर्ने ।
१३. आबश्यकता अनुसार संघको आचार संहिता परिमार्जन गरी पूर्ण रुपमा लागू गर्ने ।
१४. संयुक्त रुपमा कार्य योजना बनाई बजार प्रबद्र्धन गर्ने ।
धन्यबाद ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend