जन आकाश
अस्मी आचार्य
बर्दिया । नेपाल निजामती कर्मचारी युनियन संघ बर्दियाका अध्यक्ष कृष्णप्रसाद उपाध्यायले स्थानीय तहमा कर्मचारी खटाउदा साविक स्थानीय निकायमा कार्यरत कर्मचारी, जिल्लास्थित बिषयगत कार्यालयहरुमा कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् ।
उनले जिल्लास्थित कर्मचारी व्यवस्थापन समितिले खटाएका कर्मचारीहरुलाई तीन दिनभित्र हाजिर गराई काम कामकाजमा लगाउन कार्यकारी अधिकृतहरुसंग जोडदार माग गर्दे त्यसो नगरिए संघले जिल्लाब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा अध्यक्ष उपाध्यक्षले स्थानीय तहमा कर्मचारीको अभाव भई जनतालाई छिटोछरितो सेवा प्रवाहमा ढिलाई एंव कठिनाई भईरहेको बेलामा अनुभवी र जनतामाझ राम्रो पकड जमाएका अस्थायी तथा करार कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनैपर्ने बताए।
उनले कर्मचारी व्यवस्थापन समिति र युनियनले भने बमोजिम कर्मचारीहरुलाई हाजिर हुन नदिने कार्यकारी अधिकृत,जननिर्वाचित प्रतिनिधीले भविष्यमा हुने अप्रिय घटनाको जिम्मेवारी पनि लिनुपर्ने चेतावनी समेत दिएका छन् ।
नेपाल निजमाति कर्मचारी युनियनले सोमवारै निमित्त प्रमुख जिल्ला अधिकारी ढुण्ढीराज पोख्ररेललाई ज्ञापनपत्र बुझाई आफुहरुले उठाएको मांग तत्कालै पुरा हुनुपर्ने बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend