logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बर्दियामा हतियार सहित दुई पक्राउ


  • जन आकाश
  • मंगलबार, साउन १० २०७४

बर्दिया । हिजो सोमवार दिउसो १ः३० बजेको समयमा बर्दियाको बासगढी नगरपालिका वडा नम्बर ७ सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनबाट प्रहरीले २ जनालाई हतियारसहित पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सोही ठाउका बर्ष ४२ का छव्बन खाँ र वर्ष ५५ का रतन यादव रहेको प्रहरी नायब उपरीक्षक युवराज खडकाले जानकारी दिए । उनीहरुबाट लुकाईछिपाई राखेको दुई नाल कटुवा पेस्तोल, पाँच राउण्ड गोली एसएलआरमा लाग्ने दुई राउण्ड गोली र स्पेशल रिभल्वर पेस्तोलमा लाग्ने गोली बरामद भएको छ ।
बिशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सोही कार्यमा संलग्न बासगढी नगरपालिका वडा नम्बर ७ सदाहापुरका वर्ष २२ को श्यामलाल चौधरी भने फरार रहेको प्रहरीले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend