जन आकाश
काठमाडौं । भोलि अपरान्ह नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले समाजमा विशिष्ठ योगदान पु¥याउनु हुने संस्था वा महानुभावहरुलाई सम्मान गर्ने भएको छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मृगेन्द्र–सम्झना चिकित्सा गुठीका संस्थापक, अघिल्लो पुस्ताका ८६ वर्षीय वरिष्ठ चिकित्सक एवं समाजसेवी डा. मृगेन्द्रराज पाण्डे र पछिल्लो पुस्ताका साथै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सम्मान गर्ने भएको छ । साथै उक्त कार्यक्रममा ‘सेवा नेपाल–२०७४’ मन्तव्य एवं विचार विशेषाङ्क पनि प्रकाशित हुँदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend