logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

साझा र विवेकशीलबीच एकता घोषणा, चुनाव चिन्ह तराजु


  • जन आकाश
  • बुधबार, साउन ११ २०७४

काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको पार्टी मिल्ने लगभग तय भइसकेर पनि रोकिएको उक्त पार्टी कहिले एक हुने हो त्यो थाहा नपाएपनि विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ । नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।
साझा पार्टी र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरे । एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताए । उनले भने, ‘उहाँहरुले सम्बृद्धिको लडाई लगाडि लैजान सक्नु हुन्न ।’
पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।
दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेन ।
काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो,’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्दा संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend