logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप श्यामकुमार मन्त्री हुन पाएनन्


  • जन आकाश
  • बुधबार, साउन ११ २०७४

काठमाडौं । माओवादीले आफ्नो मन्त्री मण्डलमा पहिलो नम्बरमा रामेछापका माओवादीको नेतालाई मन्त्री बनाउने पक्कापक्की गरेपनि अन्तिममा आएर उसले रामेछापबाट मन्त्री हुने नाम हटाएपछि रामेछाप जिल्लाका माओवादी नेता कार्यकर्ताले सामुहिक राजीनामा दिने चेतावनी हेडक्वार्टरलाई दिएको श्रोतले बताएको छ । मन्त्री छान्ने अन्तिम बैठक बसिरहेकै बेला रामेछापका माओवादी नेताहरुले विद्रोहको चेतावनी दिएका हुन् ।
यसपटक रामेछाप क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्री बनाउने आश्वासन शीर्ष नेताले दिएपछि जिल्लाका कार्यकर्ताले दुई सातादेखि नै उनलाई बधाइ दिइरहेका थिए ।
मंगलबार एकाएक नेताहरुको भागबण्डामा श्याम श्रेष्ठको नाम काटिएको खबरसँगै जिल्लामा आक्रोश बढेको छ । पूर्वसभासद तथा माओवादी जिल्ला सचिव तारानारायण श्रेष्ठले पटक–पटक पार्टी हेडक्वार्टरले रामेछापलाई अपमान गरेको भन्दै फेसबुकबाटै सामुहिक बिद्रोहको धम्की दिएका छन् ।
माओवादी जनयुद्धकालमा रामेछापलाई पूर्वको रुकुम रोल्पा भनिन्थ्यो । जनयुद्धमा पहिलोपटक प्रहरी चौकीमा फौजी हमला गर्ने रामेछापकै माओवादी थिए । बेथान चौकी भिडन्तमा तीनजना माओवादी मारिएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend