logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ध्ुमधामका साथ नागपञ्चमी र रक्षाबन्धन मनाइँदै


  • जन आकाश
  • शुक्रबार, साउन १३ २०७४

१३ साउन, काठमाडौं । हिन्दुहरुको देश नेपालमा कुनै चाडपर्व आयो भने विहानैदेखी मठमन्दिरमा भीड लाग्नु स्वभाविक हो । तर आज नागपञ्चमीको दिन बिहानै मठ–मन्दिरमा भीड लाग्यो । कंक्रिटको शहरमा रुपान्तरण हुँदै गएको काठमाडौंमा गोबर र दुबोसहित नागको चित्रअंकित रंगीन नाग ढोकामा टाँसिए ।
कतिले आफूले पुज्दै आएको पुरोहितमार्फत ढोकामा नाग टाँसे त आफैंले पसलवाट किनेर नाग टाँस्नेहरु पनि भेटिए । घरवालाले मुल ढोकामा नाग टाँसेका थिए भने डेरावालले आ–आफ्नो ढोका अगाडि ।
नागपञ्चमीको वैज्ञानिक महत्त्व कति छ ? बहस हुँदै गर्ला । तर, परम्परा धान्ने नाममा नाँग टास्नेहरु शहरमा बढ्दै गएको पण्डितहरुको भनाइ छ । पञ्चांग निर्णायक समितिले जनै लाउने र डोरो बाध्ने दिन पनि आजैलाई तोकेकाले नाँग टाँस्नेबित्तिकै नुवाइ–धुवाइ गरेर हातमा डोरो बाँधे । ब्रम्हणहरुले जनै फेरे ।
एक सय १० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व यसपाली नागपञ्चमीकै दिन परेको हो । यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पुर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नागपञ्चमीकै दिन गरिएको हो ।
नागपन्चमी र रक्षाबन्धन एकैदिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३,१९८२,२०२८ र २०४७ सालमा यस्तै परेको थियो ।
तराईलगायत शहरी क्षेत्रमा परम्परा बन्दै गएको राखी बाँध्ने परम्परालाई पनि निरन्तरता दिएका काठमाडौंबासीले । आजको दिन नाँग टाँस्नाले घर चट्याङवाट जोगिनुको साथै सर्प, बिच्छीलगायतको विषालु जीववाट बचिने जनविश्वास रही आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend