जन आकाश
काठमाडौं । हाल दोहाको बढ्दो उच्च मागलाई ध्यानमा राखी, हिमालय एअरलाइन्स्ले यही आउँदो श्रावण १९(अगष्ट ३, २०१७ )गते देखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र विहिबार गर्ने साथै भदौ १७ (सेप्टेम्बर २, २०१७ )गते बाट थप चार उडान गरी हप्ताको ११ उडान पु¥याउने जनाएको छ । उक्त थप उडान मंगलबार, विहिबार, शनिबार र आइतबार हुनेछ ।
सो थप उडान आगामी कात्र्तिक ११ (अक्टोबर २८, २०१७ )गते सम्मलाई रहनेछ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिनत्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान साँझ २०ः५०मा काठमाडौं अवतरण गर्नेछ ।
नेपालीहरुको महान पर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रु महानुभावहरु लाई सेवा प्रदान गर्ने उद्देश्य रहेकोमा, उक्त कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठ बताए र दोहा उडान गरेको १ वर्षमा यात्रु विश्वासबाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend